२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानबाट अमेरिकाले सैनिक फिर्ता लगेसंगै नेटो चेतावनी

२०७७, ३ मंसिर बुधबार ११:३१

मङ्सिर ३, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेसंगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् |

अफगानिस्तान अझै अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको  महासचिव स्टोल्टेन्बर्गले बताएका छन् | सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको उनको दाबि छ |

नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई सहयोग गरेको एक वक्तव्य जारी गर्दै भनेका छन् | हाल अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्ने बताएका थिए |

त्यस्तै अफगानिस्तानको फर्याब प्रान्तमा भएको बम विस्फोटनमा पाँच जना सुरक्षाकर्मी मृत्यु भएको छ | बुधबार सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोट भएर ती सुरक्षाकर्मीको मृत्यु भएको  हो | हालसम्म मुख्य विद्रोही समूह तालिबान र अफगान सरकारबीच वार्ता जारी रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस