साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य "/>
२५ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

अष्ट्रेलियाली प्रधानमन्त्रीले महासचिव पद ठाडै अस्वीकार गरिदिए

१७ श्रावण २०७३, सोमबार ०७:४४

साउन १७, क्यानबेर्रा । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालय (डिएफएटि) ले पूर्वप्रधानमन्त्री केभिन रुडलाई सिफारिस गरी समर्थनका लागि पेश गरेकोमा अस्टेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले अस्वीकार गर्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

अस्टेलियाली स्थानीय सञ्चारमाध्यम न्युज कर्पकाअनुसार डिएफएटिका नवनियुक्त विभागीय प्रमुख फ्रान्सिस आडम्सनद्वारा प्रस्तावित पूर्वप्रधानमन्त्री केभिनको नामलाई बहूसंख्यक अस्टेलियाली कूटनीतिज्ञहरुले समर्थन जनाएका थिए ।

तर,‘उहाँ यत्रो गौरवशाली भूमिकामा रहन नसुहाउने’ भन्दै प्रधानमन्त्री माल्कोमले अस्वीकार गरेका छन् ।

यसपूर्व सहमत भईसक्नु भएका प्रधानमन्त्री टर्नबुलले एक्कासी आफ्नो निर्णय परिवर्तन गरेकामा आश्चर्यचकित हुनु भएका रुडले उनका पहिलेका ३ वटा व्यक्तिगत पत्र देखाउँदै ‘वर्तमान प्रधानमन्त्रीले आफूप्रति अन्धनजरले पूर्वाग्रह राखेको, आफ्नो नाम मनोनयनमा बाधा खडा गरी न्याय दिन नसकेको ’ भन्ने तीब्र प्रतिक्रिया जनाउँदै एक विज्ञप्ति समेत जारी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केभिन रुडको नामका पछाडि बिदेश मन्त्री जुली बिशप, अमेरिकाका लागि अस्टेलियाली राजदूत तथा पूर्व कोएलिसन ट्रिजरर जो हकि, लन्डनस्थित बेलायतका लागि अस्टेलीयाली महावाणिज्यदूत अलेक्ज्यान्डर डाउनर लगायत अन्य थुप्रै उच्चस्तरिय कुटनीतिक ब्यक्तित्वहरु उभिएका थिए । रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने