२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसमा फेरि लकडाउन !

११ बैशाख २०७८, शनिबार १५:४२

वैशाख ११, निकोसिया (रासस/सिन्ह्वा) | कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाई छ ।खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । 

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला