१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

१२ बैशाख २०७८, आईतवार ०८:२८

वैशाख १२, बग्दाद (रासस–एएफपी) | इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो । 

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ । अस्पतालहरुमा औषधि र शैयाको पनि अभाव छ । 

उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तिब्र आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्रीले आगलागीको कारणका बारेमा अनुसन्धान गर्न आदेश दिनु भएको छ । 

आगलागी हुँदा उक्त अस्पतालमा कोभिड–१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो । 


मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए । अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।

अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।

अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ । 

इराकमा बुधबार कोभिड–१९ का बिरामीको संख्या १० लाख नाघेको छ । यो अरब मुलुकमै सबैभन्दा बढी हो । 

इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक