साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

अस्पतालमा स्टाफ नर्सलाई घुस दिन ढिला भएपछी दश महिने शिशुको ज्यान गयो

२०७३, २७ श्रावण बिहीबार ०९:३३

साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । 

भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको तर उपचारका क्रममा कागजात अघि बढाउन सोही अस्पतालकी नर्सले घुस मागेकोले उनको उपचार हुन नसकी ज्यान गएको बताएका छन् । 

बच्चा बिरामी भएपछि एक सरकारी अस्पतालमा लगिएको र त्यस अस्पतालका स्टाफ नर्सले उपचारका लागि आवश्यक कागजात चाँडो पेस गर्नका लागि घुस मागेको र उपचार ढिला हुन पुग्दा ती शिशुको ज्यान गएको बताइएको छ । 

उत्तर प्रदेशको एक सरकारी अस्पतालमा गएको शनिबार उपचारका लागि लगिएका सुमिता र शिव दत्तको १० महिने शिशुको उपचारमा तिनै स्टाफ नर्सले घुस मागेपछि उपचार ढिला भएको उनीहरुको दाबी छ । 

उत्तर प्रदेशको बहराइच अस्पतालमा लगिएका ती शिशुलाई भर्नाका लागि अस्पतालमा सैया मिलाउन पनि प्रशासनका एकजना कर्मचारीले घुस मागेका ती शिशुका बाबुले जनाएका छन् । 

बच्चालाई भर्ना गरिसकिएपछि पनि चिकित्सक मिलाउने कामका लागि भन्दै उनीहरुले घुस मागेका थिए । उनीहरुलाई नै पैसा दिनका लागि पैसा खोज्न ती शिशुकी आमा बाहिर जानु परेको थियो । 

आफूले ती नर्सलाई मागेको पैसा दिने भन्दै उपचार राम्रोसँग गर्न बारम्बार आग्रह गरेको तर पैसा सुरुमै चाहिने भनेपछि आफू पैसाको जोहो गर्न बाहिर हिँड्नु परेकोले बच्चाको हेरचाह पनि अस्पतालले राम्रोसँग नगरिदिएको मृतक बच्चाकी आमाले भारतीय एन्डिटिभीलाई बताएका छिन् । 

ती मृतक बच्चाका बाबुले आफूले हरेक पटक घुसमाग्ने अस्पतालका कर्मचारीहरुको सामना गर्नु परेको बताएका छन् । त्यस अस्पतालमा हरेक बिरामीसँग अस्पतालका कर्मचारीले घुस माग्ने गरेको र यदि घुस नदिएमा उनीहरुले बिरामीको उपचारको प्रक्रिया नै अघि नबढाइदिने गरेको शिव दत्तले जनाए । 

अस्पतालले सो विषयमा अनुसन्धानका लागि समिति गठन गरेको छ र अहिलेसम्ममा कुनै पनि तथ्य बाहिर आउन सकेको छैन । तर अस्पतालले भने ती मृतक शिशुका बाबुआमाले भनेजस्तो हरेक पटक घुस माग्ने गरेको भन्ने भनाईको भने खण्डन गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी