साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अस्पतालमा स्टाफ नर्सलाई घुस दिन ढिला भएपछी दश महिने शिशुको ज्यान गयो

२७ श्रावण २०७३, बिहीबार ०९:३३

साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । 

भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको तर उपचारका क्रममा कागजात अघि बढाउन सोही अस्पतालकी नर्सले घुस मागेकोले उनको उपचार हुन नसकी ज्यान गएको बताएका छन् । 

बच्चा बिरामी भएपछि एक सरकारी अस्पतालमा लगिएको र त्यस अस्पतालका स्टाफ नर्सले उपचारका लागि आवश्यक कागजात चाँडो पेस गर्नका लागि घुस मागेको र उपचार ढिला हुन पुग्दा ती शिशुको ज्यान गएको बताइएको छ । 

उत्तर प्रदेशको एक सरकारी अस्पतालमा गएको शनिबार उपचारका लागि लगिएका सुमिता र शिव दत्तको १० महिने शिशुको उपचारमा तिनै स्टाफ नर्सले घुस मागेपछि उपचार ढिला भएको उनीहरुको दाबी छ । 

उत्तर प्रदेशको बहराइच अस्पतालमा लगिएका ती शिशुलाई भर्नाका लागि अस्पतालमा सैया मिलाउन पनि प्रशासनका एकजना कर्मचारीले घुस मागेका ती शिशुका बाबुले जनाएका छन् । 

बच्चालाई भर्ना गरिसकिएपछि पनि चिकित्सक मिलाउने कामका लागि भन्दै उनीहरुले घुस मागेका थिए । उनीहरुलाई नै पैसा दिनका लागि पैसा खोज्न ती शिशुकी आमा बाहिर जानु परेको थियो । 

आफूले ती नर्सलाई मागेको पैसा दिने भन्दै उपचार राम्रोसँग गर्न बारम्बार आग्रह गरेको तर पैसा सुरुमै चाहिने भनेपछि आफू पैसाको जोहो गर्न बाहिर हिँड्नु परेकोले बच्चाको हेरचाह पनि अस्पतालले राम्रोसँग नगरिदिएको मृतक बच्चाकी आमाले भारतीय एन्डिटिभीलाई बताएका छिन् । 

ती मृतक बच्चाका बाबुले आफूले हरेक पटक घुसमाग्ने अस्पतालका कर्मचारीहरुको सामना गर्नु परेको बताएका छन् । त्यस अस्पतालमा हरेक बिरामीसँग अस्पतालका कर्मचारीले घुस माग्ने गरेको र यदि घुस नदिएमा उनीहरुले बिरामीको उपचारको प्रक्रिया नै अघि नबढाइदिने गरेको शिव दत्तले जनाए । 

अस्पतालले सो विषयमा अनुसन्धानका लागि समिति गठन गरेको छ र अहिलेसम्ममा कुनै पनि तथ्य बाहिर आउन सकेको छैन । तर अस्पतालले भने ती मृतक शिशुका बाबुआमाले भनेजस्तो हरेक पटक घुस माग्ने गरेको भन्ने भनाईको भने खण्डन गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार