साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै "/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

थाइल्याण्डमा केहि घण्टायता ११ स्थानमा बम धमाका

२०७३, २८ श्रावण शुक्रबार १०:३७

साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै त्रास फैलिएको छ । संचार माध्यमहरुका अनुसार आज बिहानसम्म २४ घन्टायता कम्तीमा पनि ११ स्थानमा बम हमला भएको छ । 

बिभिन्न बम हमलामा परी चार जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका पनि जनाइएको छ । बम हमला पछी प्रहरीले उक्त बम हमलामा आतङ्कवादीको कुनै हात नरहेको जनाएको छ । 

थाई प्रहरीले शुक्रबार सो बम आक्रमणहरुको बारेमा अनुसन्धान गरेको र सो अनुसन्धानपछि उक्त निष्कर्षमा पुगेको जनाएको छ । 

ती आक्रमणहरु आतङ्ककारी प्रकृतिका नभएका पाइएको प्रहरीको भनाई छ । थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका छन् । तिनै प्रान्तमा नै यो गएको २४ घन्टायता हिंसा मच्चिएको हो । 

ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी