पुस २१, (रासस/एएफपी) :उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, (रासस/एएफपी) :उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्था"/>
२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

२१ पुष २०७८, बुधबार ०८:२५

पुस २१, (रासस/एएफपी) ।  उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८:१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ ।

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताउनु भएको छ  । 

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताउनु भएको छ । यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो