भदौ ९, इटाली । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, इटाली । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ । 
२६ पुष २०८२, शनिबार
काठमाडौँ - KTM

इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिएको आशंका

९ भाद्र २०७३, बिहीबार ०६:५९

भदौ ९, इटाली । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ । 

सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् । भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन । क्षतिको सबै तथ्यांक आउन सकिरहेको छैन । 

एकाबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइरहेको अधिकारीहरुले जनाएका छन् । 

इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्वारमा खटिएका उद्वारकर्मीहरुले अझैपनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । 

इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो । 

हिजो दिनभरि र गएराति पनि उद्वारकर्मीहरुले कैयौं व्यक्तिलाई भग्नावशेषबाट जिवीतै उद्वार गरेका नागरिक प्रतिरक्षा विभागले जनाएको छ । यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने