२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी इराकमा आइएसको आक्रमण, ११ सैनिकको मृत्यु

२०७८, ७ माघ शुक्रबार १२:१६

 एजेन्सी | इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ उक्त क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल-सादीले सिन्ह्वालाई बताए। आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए।

आक्रमणकारीहरूले तापक्रममा आएको उल्लेख्य गिरावटको फाइदा उठाएर सैनिक चौकीमा आक्रमण गर्दा सेनातर्फ धेरै षति हुन पुगेको अल सादीले बताए। आक्रमणपछि दियाला प्रान्तका इराकी सुरक्षाबल उच्च सतर्क अवस्थामा राखिएको छ भने दियालाको प्रान्तीय परिचालनको उच्च पदस्थ सुरक्षा अधिकारीहरू घटनाको जाँच गर्न घटनास्थल पुगेका बताइएको छ।

विगत महिनाहरूमा इराकमा आतंकवादी समूह घोषित आइएसआइएसले उनीहरूबाट यस पहिले सरकारी फौजले नियन्त्रण गरेका प्रान्तहरूमा इराकी सुरक्षा बलविरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार