माघ ११, काठमाडौँ | एजेन्सी | इन्डोनेसियाको पश्चिमी पापुआ प्रान्तमा रहेको सोरोङस्थित एक क्लबमा झडप भएको छ। झडपमा परी १८ जनाको मृत्यु भएको छ।
‘सोमवार राति ११ बजे भिडन्त भएको हो। शनिवारदेखि चलिरहेको द्वन्द्वकै परिणाम हो यो,’ सोरोङका प्रहरी प्रमुख आरी न्योतो सेतियावानले बताए।
एकजनालाई चक्कु प्रहार गरेर मारिएको थियो भने १७ जना आगलागीमा मरेका थिए। डबल ओ नामक नाइटक्लबमा घटना भएको हो।