२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब छिट्टै विश्वमा अमेरिकी नेतृत्वको अन्त्य

१२ माघ २०७८, बुधबार ०७:४०

एजेन्सी | विश्व मामिलाको बारेमा कुराकानी गर्दा अमेरिकीका लागि यो द्विविधापूर्ण समय भएको छ । सरकारले एकातिर किन अफगानिस्तानबाट फकिनु प¥यो भनेर बताइहेको छ भने अर्कातिर यूक्रेनका लागि किन खडा हुनु परेको छ भन्ने अवस्था सिर्जना भएको छ ।

हाल अमेरिकीले विदेशमा सेनाहरु कम प्रतिबद्ध देखिएको हेर्न चाहेका छन् भने यसले गर्दा नेटोले केही अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 

सीएनएनले तााशाहको संज्ञा दिएको रुस र चीन बढी साहसी भएका छन् र मित्र गठबन्धनको जस्तो व्यवहार देखाइरहेका छन् ।

अमेरिकालाई सुपरपावर  भनिने युगलाई विश्वभरी नै  नयाँ रुपमा परीक्षण गरिँदै छ ।

पूर्वी युरोपः

सोभियत संघको विघटन भएको ठ्याक्कै ३० वर्षपछि रुस यूक्रेनमा घुस्नका लागि झुक्याउने खालको व्यवस्थापन गरिरहेको छ ।  सोभियत संघको विघटन भएपछिको समयमा गठन गरिएको नेटो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शिकार भएको छ ।

बाइडेन प्रशासनले ८,५०० अमेरिकी सेनालाई पूर्वी यूरोपमा परिचालनका लागि उच्च सतर्कतामा राखेको छ । उसले रुसलाई त्यहाँबाट भगाउन र नेटोका मुलुकहरूलाई आश्वस्त पार्नका लागि यसो गरेको हो ।

पश्चिम यूरोप

अमेरिकी प्रभावका लागि सशक्तीकरण गर्नु आवश्यक छ । नेटो मुलुकहरुलाई रुसविरुद्ध एकत्रित गर्न अमेरिकाले पनि उर्जा दलालको भूमिका खेलिरहेको छ । उसले मध्यपूर्व र एसियाबाट इन्धनको सुनिश्चितता गर्न खोजिरहेको छ । जर्मनीमा हुने ग्यास आपूर्तिको सबैभन्दा ठूलो साझेदारको हैसियतबाट हटाउन अमेरिकाले यस किसिमको प्रयास गरेको हो ।

एसिया

चीनले पनि ताइवानको स्वायत्तताको परीक्षण गरिहेको छ । यो स्वशासित टापु लामो समयदेखि स्वशासन मै लोकप्रिय रहँदै आएको छ । केही दिन अघि मात्रै चीनले आफ्ना युद्धक विमान उडाएको थियो ।  । अमेरिका र जापानले आफ्नो शक्ति प्रस्तुत गरेपछि चीनको तर्फबाट पनि यस किसिमको कदम आएको हो । यसैबीच विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाले पनि आफ्नो मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

मध्यपूर्व

अमेरिकी सेनाको आधार रहेको इराक र सिरियामा यो वर्ष आक्रमण भएका छन् । यो साता अमेरिकी प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणाली संयुक्त अरब इमिरेट्सँग आबद्ध भएको छ । यमनको हुथिले हान्न सक्ने क्षेप्यास्त्रको प्रतिकार गर्नका लागि यो साझेदारी गरिएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता फिर्ता लिएपछि इरान  पनि परमाणु हतियार प्राप्त गर्ने सिलसिलामा देखिएको छ ।

अमेरिकी भूमिका

यी सबै घटनाक्रमहरू वर्षौँदेखि हुँदै आएका छन् । तर सवाल के हो भने यसमा आगामी दिनमा अमेरिकी भूमिका के हुन्छ भन्ने हो ।यूक्रेनको पक्षमा उभिनु भनेको अमेरिकी विरोधीहरुले कमजोरीको अर्थ लगाउन सक्छन् ।‘अमेरिकी सत्ताका लागि निर्माणको चुनौती यस्तो समयमा आएको छ जब विदेशमा वासिङ्टन त्यो शक्ति होइन जुन २० औं शताब्दीको उत्तरार्द्धमा थियो भन्ने व्यापक धारणा छ,’ सीएनएनका स्टेफन कोलिनसन लेख्छन् । 

उनी थप्छन्, ‘बाइडेनको अमेरिका पुनः फर्किएको छ भन्ने आश्वासनका बावजुद  गत वर्ष अफगानिस्तानबाट फिर्ता भएपछि यसले अमेरिकी प्रतिस्पर्धी र प्रतिबद्धताको विषयमा सवाल खडा गरेको छ । अमेरिकाका विपक्षीहरुले अमेरिका विदेशमा २० वर्षसम्मको लडार्इंबाट थकित भएको मान्न थालेका छन् ।

पुटिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यूक्रेनदेखि लिएर सिरिया तथा एसियासम्म संलग्न भएका छन् । पश्चिमा मुलुक पनि रुसका विषयमा पूर्ण रुपमा एकठ्ठा हुन सकेका छैनन् । सीएनएन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने