१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ ओटा मिसाइल प्रहार

१३ माघ २०७८, बिहीबार ०६:११

एजेन्सी | उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । यो सँगै उत्तर कोरियाले जनवरीमा मात्र ६ ओटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । 

उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुविधा नभएको बाइडेन प्रशासनले जनाएको छ । 

उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो ।

आफ्नो रक्षाका लागि मिसाइल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् । यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।

उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम  जोङ इलको ८० औं वार्षिकी मनाउँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक