२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो होला ओलाको विद्युतीय कार?

१३ माघ २०७८, बिहीबार ०८:३४

एजेन्सी | भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सन् २०२१ मा ओला विद्युतीय स्कुटर सार्वजनिक गर्‍यो। यसले छोटो समयमा निकै राम्रो बजार लिएको कम्पनीले बताएको छ। स्कुटर सार्वजनिक हुनु अघिदेखि नै यो धेरैको चासोको विषय बनेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको थियो। 

अब भने कम्पनी विद्युतीय कार निर्माणमा लागेको छ। कारदेखो वेबसाइटका अनुसार ओलाका प्रमुख कार्यकारी अधिकृत भावेश अग्रवालले ट्विटरमार्फत विद्युतीय कार सार्वजनिक गर्नेबारे संकेत गरेका हुन्। उनले मंगलबार ओलाको विद्युतीय कन्सेप्ट कार ट्विट गर्दै भनेका छन्, 'यो कुरा गोप्य राख्न सक्नुहुन्छ?' 

ट्विट गरिएको कन्सेप्ट कार हेर्दा ह्याचब्याग जस्तै देखिन्छ तर यसको डिजाइन निकै भिन्‍न छ। यसमा ठूलो फ्रन्ट विन्डो प्यानल छ। पहेंलो ब्रेक क्यालिपरसँगै यसमा भएको अलोय ह्विलहरू पनि विशेष तरिकाले डिजाइन गरिएको छ। गाडी मिनिमलिस्ट डिजाइनमा तयार पारिएको छ।

कारदेखोका अनुसार ओलाको विद्युतीय कार सन‍् २०२३ मा सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ। यो सार्वजनिक भएसँगै यसले बजारमा उपलब्ध टाटाको विद्युतीय नेक्सन र विद्युतीय अल्ट्रोन, र  महिन्द्राको विद्युतीय एक्सयुभी ३०० सँग प्रतिस्पर्धा गर्नेछ। 

कम्पनीले ओलाको विद्युतीय कारको विशेषता र मूल्यबारे भने हालसम्म अन्य विवरण खुलाएको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान