१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र यूक्रेनबीच युद्धविराम

१३ माघ २०७८, बिहीबार ०९:४२

एजेन्सी | यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् ।

यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी  सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बारेमा फ्रान्स र जर्मनीसँग एक संयुक्त बयान जारी गर्न सहमत भएका थिए ।

बिना शर्त सहमतीः

संयुक्त बयानमा भनिएको छ, ‘दुबै पक्ष बिना शर्त युद्धविरामका लागि सहमत भएका छन् । यसबाहेक दुई सातापछि बर्लिनमा यस मुद्दाबारे एक बैठक आयोजना हुनेछ ।’

फ्रान्सले यो फैसलाको स्वागत गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंका एक सहयोगीले भनेका छन् ,‘लगातार बढिरहेको तनावबीच अन्त्यमा एउटा सकारात्मक समाचार बाहिरिएको छ ।’

बिर्लिन बैठकमा पनि कुटनीतिज्ञ समावेश हुनेछन्

रुसका कुटनीतिज्ञ दिमित्री कोजाकले भने, ‘कयौँ कुरामा असहमतिका बावजुृद हामी यस कुरामा सहमत थियौँ कि पूर्वी यूक्रेनमा सबै पक्षलाई ध्यानमा राखेर युद्धविराम गर्नु आवश्यक छ ।’

दुई सातापछि बर्लिनको बैठकमा पेरिसको जस्तै दुई देशका कुटनीतिज्ञ समावेश हुनेछन् । यी बैठकमा राष्ट्र प्रमुखलाई  समावेश गर्न एजेन्डा नै बनेको छैन । कोजाकले भने, ‘हामीलाई आशा छ कि उनीहरुले हाम्रो कुरा राम्रो तरिकाले सुनेका छन् । आगामी दुई सातामा यसको नतिजा पनि देख्न पाइने छ ।’

वार्ता सहज थिएनः

यूक्रेनका राजदूत एन्ड्रि यरमकले मीडियालाई भने, ‘यो वार्ता सहज थिएन । स्थायी युद्धविरामका लागि आपसी सहयोग अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपूृर्ण कुरा भनेको हामी सन् २०१९ पछि कुनै मुद्दाको आधिकारिक विज्ञप्तिमा सहमती भएको छौँ ।’ 

युक्रेनको पूर्वी सीमामा रुसले आफ्ना लाखौँ सैनिक तैनाथ गरेको छ ।

तत्पश्चात् दुबै देशबीचको तनाव अत्यन्त धेरै भएको थियो । रुसको सम्भावित हमलालाई ध्यानमा राख्दै नेटो फोर्सले पनि सैन्य गतिविधि बढाएको छ । यसबाहेक अमेरिकाले पनि ८,५०० सेनालाई उच्च सतर्कतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक