१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधिकारिक रूपमा टाटा समूहले किन्यो एयर इण्डिया

१३ माघ २०७८, बिहीबार ११:४५

एजेन्सी | भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।

भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले नियम प्रक्रिया पुरा गरेर स्वामित्व हस्तान्तरण भएको बताएका छन् । उनले ट्वीटरमा उल्लेख गरेका छन, ‘एयर इण्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पुरा गरिएको छ ।’

यसअघि, सन् २०२१ मा टाटा समूहले एयर इण्डियाको लिलामी जितेको थियो । २०२१ को अक्टोबरमा भएको लिलामीमा टाटा समूहको टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको थियो । सोही, बोलीसँगै अधिग्रहण प्रक्रिया अगाडी बढाइएको थियो ।

उक्त समयमा टाटा समूहका रतन टाटाले एयर इण्डिया घर फर्किएको भनेर स्वागत गरेको थियो । एयर इण्डियाको स्थापना टाटा समूहले नै गरेको थियो । स्थापना कालमा टाटा एयरलाइन्स नामाकरण गरिएको कम्पनीको नाम कालान्तरमा भारत सरकारले लिएपछि एयर इण्डिया राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक