२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस-युक्रेन तनाव : अमेरिकी निशानामा रुसी ग्यास पाइपलाइन

१४ माघ २०७८, शुक्रबार ०५:०९

एजेन्सी | अमेरिकाले रुसले युक्रनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइनलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसको नर्ड स्ट्रिम २ पाइपलाइन प्रोजेक्ट अगाडि बढ्न नसक्ने चेतावनी दिएको हो।

उनले भने, ‘म के स्पष्ट पार्न चाहन्छु भने यदि रुसले युक्रेनमाथि एक वा दोस्रो कुनै तरिकाले आक्रमण गरे नर्ड स्ट्रिम २ अगाडि बढ्न सक्दैन।’ नर्ड स्ट्रिम पाइपलाइन बाल्टिक सागर हुँदै जर्मनीसम्म जान्छ। जसबाट जर्मनीको ऊर्जा आवश्यकता पूरा हुने विश्वास लिइएको छ।

युक्रेन अझै पनि अहिलेकै पाइपलाइनमा निर्भर छ। उसलाई नर्ड स्ट्रिम पाइपलाइन प्रोजेक्टले पनि छोएको छैन। युक्रेनको सीमामा करिब १ लाख रुसी सैनिक तैनाथ गरिएको छ। यससँगै रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका झनै बढाएको छ।

पछिल्ला केही दिनयता रुस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ। दुई देशबीचको तनावमा अमेरिकाको प्रत्यक्ष संलग्नताले ‘युद्ध’को सम्भावना बढेर गएको आंकलन गरिएको छ। यद्यपि रुसले भने आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो