२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

२०७८, १४ माघ शुक्रबार ०७:१३

माघ १४, काठमाडौँ | एजेन्सी | अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।

रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हुन्छ र यसको वैकल्पिक स्रोतले ठूलो लजिस्टिक चुनौती दिन सक्छ । ‘यहाँ वास्तवमै छिटो र सहज विकल्प छैन,’ जर्मन इन्सटिच्यूट फर इन्टरनेशनल एन्ट सेक्यूरिटी अफेयर्समा पूर्वी यूरोपका विज्ञ जानिस क्लूगले भने ।

यसै साता  ह्वाइट हाउसका वरिष्ठअधिकारीले भने, ‘उनीहरुले विभिन्न देश र कम्पनीहरुलाई उत्पादन बढाउने विषयमा कुराकानी गरिरहेका छन् । उनीहरुले प्राकृतिक ग्यासको वैकल्पिक स्रोतको पहिचान गरिरहेका छन् र यो पुनः युरोपमा पठाउन सकिने छ ।’

यस किसिमको योजनालाई कार्यान्वयनमा ल्याउनाले यो चलाखीपूर्ण हुन सक्छ । नयाँ पाइपलाइन र ग्यासको तरलीकरण बनाउन वर्षौँ लाग्न सक्छ । तर यसका लागि पर्याप्त समय र ठाउँ छैन ।

यसका साथै, यूरोपमा उर्जाको आपूर्ति पहिले नै प्रमुख अवरोधको रुपमा रहँदै आएको छ । न्यून मौज्दात र ऐतिहासिक उच्च मूल्य महिनौँसम्म पनि डरको विषय बन्दै आएको छ । यदि चिसो मौसम बेमौसमी रुपमा धेरै चिसो भयो भने युरोपका देशहरुले संघर्षरत उपभोक्ता र बिजनेसलाई थप बढी सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार