2026-09-29 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

माघ २१, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षा मन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नु अघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गर्नुभएको छ ।

“यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासहरूमा समन्वय गर्न सजिलो बनाउँछ। यसले हाम्रा जनता, अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरूबारे हाम्रा देशहरूबीच थप नियमित परामर्श सिर्जना गर्नेछ,” ब्लिन्केनले बिहीबार उक्त समारोहमा हस्ताक्षर गर्ने क्रममा सो टिप्पणी गर्नु भएको हो। 

ब्लिन्केनले सम्झौताले स्लोभाकियामा स्थायी अमेरिकी सैन्य अड्डाहरू सिर्जना नगर्ने बताउँनु भएको  छ। अन्तिम कार्यान्वयन हुनु अघि स्लोभाक सरकारले पनि सम्झौता स्वीकृत गर्नुपर्ने उहाँको धारणा छ ।

त्यसैगरी नाडले हस्ताक्षर गर्नु अघि सम्झौताले नेटो सहयोगीहरूको रूपमा ट्रान्स-एट्लान्टिक सुरक्षाको लागि संयुक्त राज्य अमेरिका र स्लोभाकियाको साझा प्रतिबद्धता पनि प्रदर्शन गर्ने बताउँनु भएको छ ।

सोमबार प्रधानमन्त्री एडवार्ड हेगरले स्लोभाकिया र युरोपेलीले माग गरेमा पूर्वी युरोपमा नाटोलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको बताउँनुभएको थियो।

यस सम्झौताले अमेरिकालाई विस्तारको सम्भावना सहित धेरै स्लोभाक सैन्य एयरफिल्डहरू र बेसहरू १० वर्षको लागि निःशुल्क प्रयोग गर्न सक्षम बनाउनेछ र स्लोभाक रक्षा पूर्वाधारको आधुनिकीकरणको लागि  १०० मिलियन युएस डलर उपलब्ध गराउँने बताइको छ ।

स्लोभाकका विपक्षी दलहरूले सम्झौताको विरोध गरेका छन् । स्लोभाक राष्ट्रिय कानूनसँग असङ्गत भएको दाबी गर्दै र देशको संवैधानिक अदालतबाट समीक्षाको आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै