2026-09-29 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियालाई मार्च १ अगावै पूर्ण रूपमा सिमाना खोल्न एनआरसीको सिफारिस

माघ २५, काठमाडौँ | मलेसियाको नेसनल रिकभरी काउन्सिल (एनआरसी)ले आउँदो मार्च १ तारिखअगावै पूर्ण रूपमा सिमाना खोल्न सिफारिस गरेको छ । यात्रुहरूलाई अनिवार्य क्यारेन्टिनबिना नै प्रवेश गर्न दिन सिफारिस गरेको हो । अर्थतन्त्रको पुनरूत्थानलाई गति दिने योजनाको हिस्साका रूपमा यसो गरिएको हो ।

दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाले कोरोना प्रकोप नियन्त्रण गर्न सन् २०२० मार्चदेखि आफ्नो सिमाना बन्द गरेको थियो र विदेशी कामदारहरूको प्रवेश रोकेको थियो ।थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरसहित मलेसियाका छिमेकी मुलुकले खोप लगाएका पर्यटकहरू आकर्षित गर्न क्वारेन्टिनसम्बन्धी प्रावधान हटाएपछि यस्तो सिफारिस आएको हो ।

पूर्वप्रधानमन्त्री एवं सरकारी सल्लाहकार निकाय नेसनल रिकभरी काउन्सिल (एनआरसी)का प्रमुख मुहिद्दिन यासिनले यात्रुहरूले प्रस्थान गर्नुअघि र आगमनमा कोभिड–१९ स्क्रिनिङ गर्नुपर्ने बताए । “यसको मतलब पर्यटकहरू भ्रमण गर्न सक्छन् । लगानीकर्ताहरू प्रवेश गर्न सक्छन् । एयर एसिया फेरि उडान गर्न सक्छन्,” उनले भने ।

अहिले द्विपक्षीय सम्झौताअनुसार मलेसियाले सिंगापुरबाट आउने मानिसलाई क्वारेन्टिनफ्री प्रवेशका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै