2026-09-29 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका छिर्न नदिएको झोंकमा एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेपछि

फागुन ५, काठमाडौँ । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् ।

मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेका हुन् । रोइटर्स समाचार माध्यमले सार्वजनिक गरेका तस्बिरमा अमेरिकी सिमानातर्फ जान नदिएपछि निराश बनेका आप्रवासीले सियो र प्लास्टिकको धागोले दुवै ओठ सिलाएर मुख बन्द गरेको देख्न सकिन्छ ।

समाचारअनुसार मध्य तथा दक्षिण अमेरिकी मुलुकबाट आएका आप्रवासीले मुख सिलाउन एकअर्कालाई सघाएका थिए । कुनै कागजातविनै मेक्सिको छिरेका उनीहरूले पिउनका लागि सानो ठाउँ छोडेर मुख सिलाएको र ओठबाट बगेको रगत रक्सीले पखालेका थिए ।

‘आप्रवासीले विरोध स्वरुप मिलेर आफ्नो ओठ सिलाइरहेका छन्’, विरोध प्रदर्शनमा सहभागी अभियन्ता इरिनियो म्युजिकाले भने, ‘राष्ट्रिय आप्रवासन संस्थानले आप्रवासीहरू पनि मानव हुन् भनेर बुझ्ने र उनीहरूको रगत बगिरहेको देख्ने आशा गरेका छौं ।’

त्यस्तै, केही आप्रवासीले ग्वाटेमालासँग जोडिएको टापाचुला शहरमा सन्तान बोकेरै प्रदर्शन गरेको समाचारमा उल्लेख छ । उक्त शहरमा केही महिनायता सीमा पारका लागि चाहिने कागजात कुरेर हजारौं आप्रवासी जम्मा हुन थालेका छन् ।

‘मेरी छोरीका लागि यो कुरा गरिरहेकी छु’, भेनेजुएलाबाट आएकी योर्गेलिस रिभेराले भनिन्, ‘छोरीले केही घण्टायता केही पनि खाएकी छैन र अधिकारीहरूबाट कुनै हल नहुने देखिन्छ ।’ झण्डै डेढ महिनादेखि मेक्सिकोको आप्रवसान संस्थानको जवाफ कुरिरहेकी उनले आफूहरू कैदी जस्तै बनेको पनि बताइन् ।

तर, मेक्सिकोको आप्रवासन संस्थानले आप्रवासीको अवस्थालाई ध्यान दिइरहेको भन्दै बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको बताएको छ ।

पछिल्ला केही वर्षदेखि हिंसा र गरिबी छल्दै मेक्सिको आउने आप्रवासीको संख्या निकै बढेको पाइन्छ । त्यहाँ गत वर्ष शरण खोज्दै पेश गरिने निवेदनमा ८७ प्रतिशत वृद्धि भएको थियो । शरण खोज्दै निवेदन दिनेमध्ये अधिकांश हैटी र होन्डुरसका मानिस छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै