2026-09-29 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अमेरिकाको उपहार हो, यसलाई अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम निर्णय हो- अमेरिका

फागुन ८, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ । 

यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसीसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ । नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ । 

“यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौँ ।  यो देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरूसहित अझ धेरै सहयोग गरेका छौँ ।  नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय हो र नेपालको मात्र निर्णय हो,” विज्ञप्तिमा भनिएको छ । 

“यो ५० करोड डलर एमसीसी अनुदान अमेरिकी जनताको उपहार हो । हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ । यो परियोजना नेपाल सरकार र नेपाली जनताद्वारा अनुरोध गरिएको थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न ‘डिजाइन’ गरिएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै