2026-09-29 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

फागुन ९, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।उहाँहरुबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएको बताइएको छ ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ ।अमेरिकासहितका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । तर यसको रुसले भने खण्डन गरेको छ ।

वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।

त्यसैगरी उहाँहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्ने बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै