2026-09-29 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी २४ घण्टाभित्रै रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्छ – अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

फागुन ११, काठमाडौँ । एजेन्सी।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्ने बताएका छन्। उनले बुधबार आगामी २४ घण्टाभित्रै रुसले हमला गर्नसक्ने बताएका हुन्। 

बुधबार मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक राखेर प्रधानमन्त्री मरिसनले रुस-युक्रेनबीच बढ्दो तनावबारे छलफल गरेका थिए। त्यसपछि अष्ट्रेलियाले रुसमाथि ‘यात्रामा प्रतिबन्ध’ र विभिन्न आर्थिक नाकाबन्दी लगाएको छ। अष्ट्रेलियाले रुसको कदमलाई अनुचित र अस्वीकार्य भएको बताएको छ।

यसअघि नै अमेरिका र बेलायतले रुसमाथि नाकाबन्दी लगाइसकेको छ भने जर्मनीले पनि ग्यास पाइपलाइन प्रोजेक्टलाई स्थगित गरेको छ। यता अष्ट्रेलियाले अमेरिकाको पछि लाग्दै पाँच वटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाएको छ। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनबास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै त्यहाँ शान्ति कायम गर्न भनेर रुसी सेना पठाएका थिए। त्यस यता अहिले अन्तर्राष्ट्रिय राजनीतिको माहोल गरम भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै