2026-09-29 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किइभमा कर्फ्यू

फागुन १३, काठमाडौं । रुसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ । नगरबासीलाई घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ । रुसले दोस्रो दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। बिहानैदेखि युक्रेनको राजधानी किइभमा आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय समय अनुसार, शुक्रबार बिहान ६ बजेदेखि नै रूसले आक्रमण थालेको छ। रूसी सैनिकहरू युक्रेनको राजधानी किइभ नजिक पुगेको जनाइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमि र जेलेन्स्कीले रुसी सैनिक राजधानी प्रवेश गरेको बताएका छन्।

रुसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ। नगरबासीलाई घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ।

युक्रेनको पूर्वि क्षेत्रमा भिषण आक्रमण भइरहेको जनाएको छ। युक्रेनी सेनामा पनि प्रतिक्षामा उत्रिएका छन्। रुसले उत्तरी र दक्षिणबाट पनि आक्रमण शुरू गरेको छ।

हजारौं युक्रेनी राजधानी किइभ छोडेर सुरक्षित स्थलतर्फ लागेका छन् । उनीहरू छिमेकी देश पोल्यान्ड र रोमानियातर्फ गएका छन्। राजधानीका धेरै जसो बासिन्दा भूमिगत मेट्रो स्टेशनमा आश्रय लिइरहेका छन्।

युक्रेनको सरकारले सर्वसाधारणलाई पनि लडाइमा उत्रिन आह्वान गरेको छ। स्वस्फुर्त रुपमा लडाइनमा उत्रिन चाहने नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने जनाएको छ।

युरोपियन युनियन, अस्ट्रेलिया र जापानले रुससँगको ब्यापारमा रोक लगाएका छन्। उनीहरूले ब्यांक, वित्तीय संस्था तथा कम्पनीलाई लक्षित गरेर रोक लगाएका हुन्।

त्यस्तै, पश्चिमा देशरूले युक्रेनलाई सहायता उपलब्ध गराउन भएका छन्। उनीहरूले सैन्य सहयोगसँगै मानविय सहायता पठाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सेली राष्ट्रपति इम्यानुल म्याक्रोनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेका छन्। उनले युक्रेनमाथिको आक्रमण तत्काल रोक्ने विषयमा कुराकानी भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै