2026-09-29 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनी र फिनल्याण्डले पनि रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने

फागुन १५, काठमाडौँ । जर्मनी र फिनल्याण्डले रुसी विमानलाई आफ्नो आकाशमा उड्न नदिने घोषणा गरेका छन् ।

रुसले युक्रेनमा सैन्य कारबाही जारी राखेका बेला जर्मनी र फिनल्याण्डले आफ्नो आकाशमा रुसी विमान उड्न नदिने बताएका हुन् ।

शनिबार राति जर्मनीको संघीय यातायात एवं डिजिट पूर्वाधार मन्त्रालयले ‘रुसी विमानका लागि जर्मन आकाश बन्द गर्ने’ घोषणा गर्दै यसका लागि सबै तयारी गर्न निर्देशन दिएको हो ।

यसबाहेक, जर्मनीको लुफ्थान्सा वायु सेवा कम्पनीले रुसतर्फ हुने सबै निर्धारित उडान रद्द गरेको जनाएको छ । फिनल्याण्डका यातायात मन्त्री टिमो हाराकाले समेत रुसी विमानका लागि आफ्नो आकाश बन्द गरिने बताएका छन् ।

योसँगै रुसी विमान सेवामाथि प्रतिबन्ध लगाउने युरोपेली मुलुकको संख्या बढेको छ । यसअघि बेलायत, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिक लगायतका युरोपेली मुलुकले रुसी विमानका लागि उनीहरूको आकाश बन्द गरिसकेका छन् ।

रुसले जवाफ स्वरुप ती मुलुकका विमानलाई आफ्नो आकाश प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै