2026-09-29 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको महत्त्वपूर्ण खेरसन शहर कब्जा

फागुन १९, काठमाडौँ । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको  न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै  उल्लख गरेको छ।

“शहर घेरिएको छ,” खेरसनका मेयर इगोर कोलिखाएभले  सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति “रूसी सेनाले शहरमा प्रवेश गरेपछि   तनाबपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको  ३००,००० मानिसहरूको शहर – खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन।

बुधवार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ।

संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको संख्या २,००० भन्दा बढी  उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई “अनुमानित” भन्दै कति मानिसहरू अझै पनि आगलागीमा  परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्।यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै