2026-09-29 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको छ – रुस

फागुन २२, काठमाडौँ । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार सहयोग गरिरहेका छन् ।

अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको रुसी अधिकारीहरुको आरोप छ । जसमध्ये हजारौं रुसी सैनिक मारिएको, रुसले ठूलो क्षति भोगेको, आर्थिक रुपमा जर्जर भइसकेको खबरहरु अमेरिका, बेलायतलगायत देशका मिडियाले प्रसारण गरिरहेका छन् । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पनि रुसविरुद्ध प्रोपोगान्डालाई प्राथमिकता दिइएको रुसको आरोप छ ।

रुसले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरिदिएको छ । अमेरिकी सञ्चारमाध्यम पनि रुसमा प्रतिबन्ध लगाइएको छ । बेलायतको बीबीसी प्रतिबन्ध लगाइएको छ । वेवसाइटपनि खोल्न नमिल्ने बनाइएको छ ।

रुसका निजी मिडियाहरु बन्द हुन थालेका छन् । युद्धबारे गलत सूचना प्रसारण गरे जेल सजाय हुने गरी कानून परिवर्तन गरिएपछि डरका कारण पनि बन्द गराइएका छन् ।

रुसी सञ्चारमाध्यममाथि पनि प्रतिबन्धहरु लगाइएको छ । पश्चिमा देशहरुमा रुसी टेलिभिजन प्रतिबन्ध लगाइएको हो । यूरोपेली यूनीयनका देशहरुले गत हप्ता नै रसिया टुडे र स्पुतनिकलाई प्रतिबन्ध लगाइसकेका छन् ।

पश्चिमा मिडियामा रुसले धक्का खाइरहेको फुटेज र खबरहरु प्रसारण भइरहेका छन् । रुसी मिडियामा भने पश्चिमाविरोधी खबर र युक्रेनमा जित हासिल भइरहेको खबरहरु प्रसारण भइरहेको छ । मिडिया प्रपोगान्डामा बदलिएपछि गलत सूचनाहरु प्रसारण हुन थालेको छ । भ्रमहरु धेरै सृजना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै