2026-09-29 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनबाट भागेका शरणार्थीलाई यौनदासी र मानव दासको रुपमा प्रयोग गर्ने खतरा

फागुन २२, काठमाडौँ  । रुस र युक्रेनको द्वन्द्वमा युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।

उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता जनाएका छन् ।  यक्रेनबाट बाहिरिने महिला र उनीहरुका परिवारहरूले निःशुल्क यातायातको प्रस्ताव स्वीकार गरिसकेका छन् । तर आपराधिक समूहले भने उनीहरुका लागि भुक्तानीको माग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । एक २७ वर्षीय महिलाले भनिन्, ‘पोल्याण्डमा गएकी एक महिला साथीले वार्सासम्म निःशुल्क लगिदिने र त्यहाँ पुगेपछि भने पैसा दिनुपर्ने माग आउने गरेको छ ।’

ती महिलाका अनुसार उनीहरुले शारीरिक रुपमा केही नगरेको तर निकै आक्रमक देखिएको बताइन् । भुक्तानी माग्नेहरुले उसका लागि काम गर्नुपर्ने शर्त राखेको समेत उनले बताइन् ।  उनले भनिन् , उसले त्यस्तो प्रस्ताव राखेपछि म चिच्याए र भाग्न सफल भए, यो दृश्य मानिसले हेरिरहेका थिए ।’ उनले मानिसलाई सचेत हुनका लागि आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै