2026-09-29 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर हिंडेर छिमेकी देश स्लोभाकिया पुगे

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए । 

ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नियन्त्रणमा लिएको थियो । समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभिभावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविस्मरणीय यात्रा पूरा गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले ‘पछिल्लो रातको सबैभन्दा ठूलो नायक’ भनेको छ । विवरणअनुसार बालककी आमाले एउटा रेल चढाएर स्लोभाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन् । 

उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्राटिस्लाभामा रहेका उनका आफन्तजनहरुलाई सम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पिदिएका थिए । 

छोराको हेरविचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् । स्लोभाकियाका गृहमन्त्रीले फेसबुकमा बालकबारे कमेन्ट गर्दै उनको ‘निडर र दृढता’को प्रशंसा गरेका छन् । ‘प्लास्टिकको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी एक्लै आए, किनकी उनका अभिभावक युक्रेनमा बस्नुपर्ने थियो,’ मन्त्रालयले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै