2026-09-29 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के के हुन् युक्रेनले पूरा गर्नै नसक्ने रुसका मागहरु ?

फागुन २३, काठमाडौँ । रुसी फौजले सोमबार आफूले युद्ध विराम गर्ने र मानवीय उद्धार मार्गहरू खोलिदिने बताउँदै युक्रेनका सहरहरूका आवासीय क्षेत्रहरूमा व्यापक बमबारी र रकेट प्रहार कार्यलाई निरन्तरता दिइरहेको छ । रुस र युक्रेनबीचको पहिलो र दोस्रो शान्तिवार्ता विना निष्कर्ष टुङ्गिएका कारण सोमबार नै तेस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेन समक्ष आफ्नो सैनिक गतिविधि रोक्ने, तटस्थ मुलुक बनेर नेटो र ईयूमा प्रवेश गर्ने स्थिति रोक्न संविधान नै परिवर्तन गर्ने, क्रिमियालई रुसी भू–भागको मान्यता दिने र पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कको स्वाधिनतालाई मान्यता दिनेजस्ता मागहरू अघि सारेको जानकारी दिएका छन् । जुन मागहरू युक्रेनले सहजै मान्ने देखिँदैन ।

रुसले युक्रेनी राजधानी किभ, दक्षिण बन्दरगाह सहर मारिउपोल अन्य सहर खार्किभ र सुमी छाड्न युक्रेनी जनतालाई सुरक्षित मार्ग खोलाइदिन युद्ध विराम गर्ने वाचा गरेको थियो । 

युक्रेनका रक्षा सचिव एलेक्सी दानिलोभले भनेका छन्, “रुसले ग्रिन करिडोरका द्वार रोकी मानवीय उद्धार सामग्रीहरूको आपूर्ति हुन नदिएर सहमतिका कुराहरू उल्लंघन गरेको छ । उल्टो यस्तैबेला बरु रुसले स्थानीय वासिन्दा र कब्जा गर्नेहरूबीच हाँसीखुसी भेटघाट भइरहेको झुठो तस्बिर सार्वजनिक गरेको छ ।”

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले मानव विस्थापन गर्ने केही मार्गहरूले वास्तवमा सर्वसाधारणलाई रुस वा त्यसको गठबन्धन मुलुक बेलारुसतर्फ लाने भन्दै तिनीहरूलाई अस्वीकार गरेकी छन् ।

यसैबीच इटालीका प्रधानमन्त्री मारियो द्राघीले भनेका छन्, “आशा छ, नयाँ शान्ति वार्ताले युद्धको अन्त्य गर्ने छ । रुसले युक्रेनले आत्मसमर्पण नगरुन्जेल आक्रमण गरिरहने छ । सम्भवत: रुसले त्यहाँ आफूलाई पायक पर्ने सरकार बनाउने छ र प्रतिकारलाई दबाउने छ ।” यसैबीच एकजना ईयूका अधिकारीले सोमबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १७ लाख नाघेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै