2026-09-29 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्च संक्रमण वृद्धिपछि चीनमा धेरै क्षेत्रमा लकडाउन जारी, अधिकांश व्यवसाय बन्द

चैत १, काठमाडौँ । हालसम्मकै उच्च संक्रमण वृद्धिपछि चीनले धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर सेन्जेनका एक करोड बढी मानिस लकडाउनमा बस्नुपर्ने भएको छ ।

सोही कारण थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूको सञ्चालन पनि यति बेला अवरुद्ध भएको छ । टोयोटा, भोक्सवागन, एप्पलको आपूर्तिकर्ता फक्सकर्नलगायत व्यवसाय यसबाट प्रभावित हुँदा विश्वव्यापी आपूर्तिमा असर पुर्‍याउनेबारे चिन्ता व्यक्त गरिएको छ ।

मंगलबार चीनको जिलिनमा मात्र पाँच हजारभन्दा बढी नयाँ संक्रमित फेलापरेका थिए ।

त्यस्तै, उत्तरपूर्वी प्रान्तका पूरै दुई करोड ४० जनसंख्यालाई पनि सोमबारदेखि क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । चीनले एउटा पूरै प्रान्तमा यस किसिमको कडा मापदण्ड अपनाएको यो पहिलोपटक हो । सन् २०१९ मा महामारी सुरु हुँदा हुबेई र वुहानमा मात्र यो स्तरको कडाइ गरिएको थियो ।

जिलिनका वासिन्दाहरूलाई कतै पनि हिँडडुल गर्न दिइएको छैन भने सो क्षेत्रबाट बाहिर जान चाहेमा उनीहरूले प्रहरीबाट अनुमति लिनुपर्ने हुन्छ ।

यसअघि, सेन्जेनका एक करोड २५ लाख नागरिकलाई पनि पाँच दिनका लागि पूर्ण लकडाउनमा राखिएको थियो । जहाँ बस, रेललगायत सम्पूर्ण सार्वजानिक यातायातको सञ्चालनमा समेत रोक लगाइएको छ ।

मंगलबार राजधानी बेइजिङसँग सिमाना पर्ने लाङफाङ सहरसहित दोगुआनमा पनि आपत्कालीन लकडाउन जारी गरिएको छ । यसले धेरै व्यवसायहरू प्रभावित भएका छन् । त्यहाँका कर्मचारीहरूलाई या त घरबाट काम गर्न या कार्यालय नै बन्द गर्न भनिएको छ ।

एप्पल कम्पनीका लागि आइफोन निर्माण गर्ने फक्सकनले पनि सोमबारदेखि उत्पादनको काम बन्द गराएको छ र स्थानीय सरकारको सुझावमा मात्र पुनः सञ्चालन हुने जनाएको छ ।

शून्य कोभिड नीतिअन्र्तगत चीनमा संक्रमण संख्या एकदम कम रहँदै आएको थियो । सरकारले ठूलो स्तरमा परीक्षण, यात्रा प्रतिबन्ध, लकडाउनजस्ता कडा उपाय अपनाएर स्थानीय फैलावट नियन्त्रण गर्दै आएको थियो ।

तर, ओमिक्रोनको नयाँ अधिक संक्रामक सब भेरियेन्टलाई नियन्त्रण गर्न चीनलाई चुनौतीपूर्ण साबित भइरहेको छ । यसअघि, संक्रमक रोग विशेषज्ञ जाङ वेनहोङले हालको संक्रमण अवस्था पछिल्लो दुई वर्षकै सबैभन्दा कठिन समय भएको उल्लेख गरेका थिए । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै