2026-06-29 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

चैत २, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ । 

रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । 

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उहाँको यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी आइपुग्नुभएको छ । उहाँ यतैबाट रियादपनि जानुहुनेछ ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उहाँको भ्रमणका हुन लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा सामूहिक मृत्युदण्डमा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएका छन् ।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोगीको हत्या भएदेखि रियाद भ्रमण गर्ने केही पश्चिमी नेताहरूमध्ये एक बनेपछि जोन्सनले वास्तविक साउदी नेता राजकूमार मोहम्मद बिन सलमानलाई पनि भेट्नुहुनेछ । 

खासोग्गीको हत्यामा साउदी अरबलाई ‘परिया’ राज्यको रूपमा व्यवहार गर्ने बताएको अमेरिकी प्रशासनको नेतृत्व गरेका राष्ट्रपति जो बाइडेन र राजकुमार मोहम्मदबीच बाइडेनले पद ग्रहण गरेदेखि औपचारिक सञ्चार भएको छैन । 

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड रयुक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्नुहुनेछ । विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएईअहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निष्ठुर’ आक्रमणको प्रभाव यूरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी