"बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्"/>
2026-10-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान

चैत ३, काठमाडौँ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो ।

“बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बोलाएको छ।

रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,” संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा  लेखेको छ। बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

“वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु,” जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन्।

बुधवार चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने