अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/>
2026-10-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीसँग ‘विश्वको मै हुँ’ भन्ने देशलाई ठेगान लगाउने सामर्थ्य छ- रुस

चैत ४, काठमाडौं । रुसले ‘विश्वको मै हुँ’ भन्ने ‘सुपरपावर’लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ । 

अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ ।सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, “अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ । यसले केही गर्न सक्तैन । रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ ।”

२४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, “अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो ।”  

साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने