अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताए"/>
2026-09-29 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीसँग ‘विश्वको मै हुँ’ भन्ने देशलाई ठेगान लगाउने सामर्थ्य छ- रुस

चैत ४, काठमाडौं । रुसले ‘विश्वको मै हुँ’ भन्ने ‘सुपरपावर’लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ । 

अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ ।सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, “अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ । यसले केही गर्न सक्तैन । रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ ।”

२४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, “अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो ।”  

साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै