यी सबैलाई फेब्रुअरी महिनामै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यी सबैलाई फेब्रुअरी महिनामै "/>
2026-09-29 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले आफ्नो हत्या हुनसक्ने डरले हटाए १००० व्यक्तिगत कर्मचारी

चैत ६, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो  हत्या हुने डरले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन्। उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् ।

यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ । पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।

क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइने गरिन्थ्यो । पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सी नभालनीलाई २०२० को अगस्टमा नोभिचिक दिइएको थियो । तर उपचार पाएकाले उनको जीवन बच्न सफल भएको थियो । हाल उनी रुसको एक जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

अमेरिकी सांसदले व्यक्त गरे आशंका

अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिन्डसे ग्राहमले यसै महिनाको सुरुवातमा पुटिनको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । युद्ध समाप्त पार्ने एकमात्र तरिका भनेको कसैले उनको हत्या गरिदिनुपर्ने उनले बताएका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै