विदेश मन्त्री एन्टोनी ब्लिनकेनले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विदेश मन्त्री एन्टोनी ब्लिनकेनले"/>
2026-09-29 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

चैत ८, काठमाडौँ । चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप लगाएका छन् । चीनले असन्तुष्टहरु र मानव अधिकार रक्षकहरूलाई दबाएको र हतोत्साहित पारेको उनको भनाइ छ ।

‘मानवअधिकारको दुरुपयोग गर्नेले यसको नतिजा भोग्नुपर्ने छ,’ उनले थपे ।

जनजाति र अलपसङ्ख्यकको यस्तो अवस्था आउन नदिनका लागि चीनले गरेको प्रयास अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी प्रतिबन्धले ती व्यक्तिहरूलाई लक्षित गरेको छ, जो यी समुदाय, अभियन्ता र नागरिक समाजको नीति र कदमहरू उठाउन जिम्मेवार छन् । ‘हामी विश्वभरि मानव अधिकारको रक्षा गर्न प्रतिबद्ध छौँ,’ उनले थपे ।

बेइजिङले उइगरलाई अमेरिकी जनताकातर्फबाट गरिने सहयोग अस्वीकार गरेको आरोप पनि उनले लगाएका छन् । चीनले उनीहरूको परिवारलाई देशबाट बाहिर जानबाट समेत रोकेको आरोप ब्लिनकेनको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तापछि बाइडेनले चीनले यदि रुस विरुद्धको प्रतिबन्ध अस्वीकार गरेमा नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिँदै मस्कोविरुद्ध अमेरिकी नेतृत्वमा आबद्ध हुन आग्रह गरेका छन् । यसको प्रतिक्रियामा बेइजिङले पनि चीन एक स्वतन्त्र मुलुक भएको र एकपक्षीय प्रतिबन्धको विरोध गर्नु उसको अधिकार भएको जवाफ फर्काएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै