ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/>
2026-10-26 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लिएपछी……

चैत ९, काठमाडौँ । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।

ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।एक विज्ञप्तिमार्फत पीडित परिवारले घटनाको क्रममा गरेको सहयोगका लागि मर्सिसाइड प्रहरीलाई धन्यवाद एिको छ ।

प्रहरी सुपरिटेन्डेनट स्टिभ ब्रिजेलले भनेका छन्, “ बेल्ला राएले अकल्पनीय र डरलाग्दो परिस्थितिमा ज्यान गुमाउन पुगेकी छन् । हामी दुखित परिवारका साथ छौँ । सम्पूर्ण समुदाय नै यस घटनाबाट स्तब्ध हुन पुगेको छ । हामीले समुदायका यस्ता अप्रिय घटना फेरि नदोहरियोस् भनेर आगामी दिनमा सो क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएका छौँ ।”

प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । 

पीडित परिवारका ५३ वर्षीया छिमेकी जोआन्ने म्याथ्युजले पिए न्युज एजेन्सीलाई भनेकी छन्, “ती बच्ची अत्यन्तै हिस्सी परेकी थिइन् । घर छेउबाट हिँड्दा अभिवादन गर्न म यो परिवारसँग भेट्ने गर्दथेँ । अत्यन्तै सुखी परिवार थियो । पूर्ण रूपमा हुर्केको त्यो कुकुर स्टाफोर्डसायर टेर्रियर वा पिटवुल हुनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने