भदौ १३, एजेन्सी | भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, एजेन्सी | भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी"/>
२६ पुष २०८२, शनिबार
काठमाडौँ - KTM

घुम्न जाँदै हुनुहुन्छ ? ‘छोटा पहिरन र स्कर्ट लगाएर नघुम्नुस्’

१३ भाद्र २०७३, सोमबार १०:५५

भदौ १३, एजेन्सी | के तपाई घुम्नको लागि छिमेकी मुलुक भारत जाँदै हुनुहुन्छ ? त्यसो भए सचेत हुनुस्- भारतको केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्।

पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै उनले स्कर्ट नलगाउन विदेशी महिला पर्यटकलाई सुझाव दिएका हुन्। पत्रकारसँग कुराकानी गर्दै मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई रातिको समयमा एक्लै बाहिर ननिस्कन पनि भनेका छन्।

भारतीय संस्कृति तथा पर्यटन मन्त्री महेश शर्मा

केही समय अघि दिल्लीको जामिया नगर इलाकामा बस्ने विदेशी महिलालाई केही व्यक्तिहरुले सामूहिक बलात्कार गरेपछि मन्त्री शर्मा यस्तो सुझाव दिएका हुन्। पीडित महिलाले बयानका क्रममा चिनजानकै पुरुषसँग आफ्नो पहिले शारीरिक सम्बन्ध रहेको बताएकी थिइन्।

तर, शारीरिक सम्बन्धपछि ती पुरुषले बनाएको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पछिल्लो केही महिना उनीमाथि शारीरिक शोषण गर्दै आएका थिए।

पीडित महिलाले प्रहरीलाई दिएको बयानका अनुसार उनलाई आँखामा पट्टी बाधेर ती पुरुषले दिल्ली बाहिर लगेको र २५ जना पुरुषको समूहले सामूहिक बलात्कार गरेको उल्लेख छ।

प्रहरीले गराएको मेडिकल जाँचबाट पनि महिलामाथि बलात्कार भएको पुष्टि छ। भारतमा सामूहिक बलात्कारका घटना केही समय यता निकै बढेका छन्। त्यसलाई नियन्त्रणमा ल्याउन पनि मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई स्कर्ट र छोटो कपडा पहिरिएर बाहिर नघुम्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने