भदौ १३, एजेन्सी | भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, एजेन्सी | भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

घुम्न जाँदै हुनुहुन्छ ? ‘छोटा पहिरन र स्कर्ट लगाएर नघुम्नुस्’

२०७३, १३ भाद्र सोमबार १०:५५

भदौ १३, एजेन्सी | के तपाई घुम्नको लागि छिमेकी मुलुक भारत जाँदै हुनुहुन्छ ? त्यसो भए सचेत हुनुस्- भारतको केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्।

पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै उनले स्कर्ट नलगाउन विदेशी महिला पर्यटकलाई सुझाव दिएका हुन्। पत्रकारसँग कुराकानी गर्दै मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई रातिको समयमा एक्लै बाहिर ननिस्कन पनि भनेका छन्।

भारतीय संस्कृति तथा पर्यटन मन्त्री महेश शर्मा

केही समय अघि दिल्लीको जामिया नगर इलाकामा बस्ने विदेशी महिलालाई केही व्यक्तिहरुले सामूहिक बलात्कार गरेपछि मन्त्री शर्मा यस्तो सुझाव दिएका हुन्। पीडित महिलाले बयानका क्रममा चिनजानकै पुरुषसँग आफ्नो पहिले शारीरिक सम्बन्ध रहेको बताएकी थिइन्।

तर, शारीरिक सम्बन्धपछि ती पुरुषले बनाएको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पछिल्लो केही महिना उनीमाथि शारीरिक शोषण गर्दै आएका थिए।

पीडित महिलाले प्रहरीलाई दिएको बयानका अनुसार उनलाई आँखामा पट्टी बाधेर ती पुरुषले दिल्ली बाहिर लगेको र २५ जना पुरुषको समूहले सामूहिक बलात्कार गरेको उल्लेख छ।

प्रहरीले गराएको मेडिकल जाँचबाट पनि महिलामाथि बलात्कार भएको पुष्टि छ। भारतमा सामूहिक बलात्कारका घटना केही समय यता निकै बढेका छन्। त्यसलाई नियन्त्रणमा ल्याउन पनि मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई स्कर्ट र छोटो कपडा पहिरिएर बाहिर नघुम्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी