2026-07-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनासम्म युक्रेनले रूसी आक्रमण थेग्न सक्नुका कारणहरु के-के हुन् ?

चैत ११, काठमाडौँ । पूर्वी युरोपेली मुलुक युक्रेनले एक महिनादेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति पुगेको छ। तीस लाखभन्दा बढी मानिसहरू देश छोडेर निस्किएका छन्। मरिओपोललगायत सहरमा मानिसहरू अहिले पनि बाहिर निस्कन सकेका छैनन्।

पर्याप्त पानी, बिजुली र खानाबिना दिन काटिरहेका छन्। यति हुँदा पनि युक्रेनी सुरक्षा फौजले रूसी सैनिकलाई राजधानी किएभ कब्जा गर्न दिएका छैनन्।निकै विशाल र आधुनिक मानिएको रूसी सैनिकको आक्रमणको युक्रेनीहरूले डटेर सामना गरिरहेका छन्। दुबै पक्षले आधिकारिक विवरण त सार्वजनिक गरेका छैनन् तर एक महिनाभित्र ६ जनरलसहित ७ हजार बढी रूसी सैनिक मारिएको अनुमान गरिएको छ।

रूसी आक्रमणको युक्रेनी सुरक्षाफौजले गरिरेहको सामनालाई धेरैले तारिफ गरेका छन्। युक्रेनले रूसी आक्रमण थेग्न सक्नुका चार कारण छन्।

उच्च हौसला

कुनै पनि युद्धमा दुई पक्षका सैनिकमध्ये कसको हौसला बढी छ भन्ने कुराले ठूलो अर्थ राख्छ। अहिले युक्रेनीहरू आफ्नो सार्वभौम मुलुकको जीवनका लागि लडिरहेका छन्।

रूसी सैनिक युक्रेन पस्नुअघि पुटिनले युक्रेन कुनै सार्वभौम मुलुक नभई रूसले बनाइदिएको देश हो भन्ने कुराले उनीहरू आक्रोशित भएका थिए। युक्रेनीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको सरकारसँगै छन्। यसअघि कहिल्यै सैन्य अनुभव नभएका मानिसहरू पनि हतियार बोकेर रूसी सैनिकविरूद्ध लडाइँमा होमिएका छन्।

'आफ्नो अस्तित्वका लागि मानिसहरू यसरी नै लड्छन्,' शितयुद्धताका ३५ वर्षसम्म जर्मनीमा बिताएका बेलायती सेनाका अधिकारी टम फोल्क्सले भने,'यसरी नै उनीहरूले आफ्नो मातृभूमि र परिवारको बचाउ गर्छन्। उनीहरूको साहस अचम्मलाग्दो र अदभूत् छ।'

सर्वसाधरण यसरी सहरको सुरक्षामा खटिएपछि सैनिकहरूलाई फ्रन्टलाइनमा गएर युद्ध गर्न सजिलो भयो। उता रूसी सैनिकहरूमा भने यस्तो हौसला छैन। उनीहरूलाई महिनौंसम्म रूस-युक्रेन सीमामा अभ्यासका लागि भनेर राखिएको थियो।

त्यसपछि पनि युद्ध होइन विशेष सैन्य कारबाही भनेर युक्रेन पठाइयो। तीमध्ये धेरैलाई युक्रेनी प्रतिरोधको सामना गर्ने तरिका थाहा छैन। आक्रमण सुरू भएको केही दिनमै खाद्यान्नलगायत आपूर्तिमा समस्या भएपछि उनीहरू थप समस्या भएको छ।

निर्देशन र नियन्त्रण

आक्रमणको सुरूमा रूसले युक्रेनको सञ्चार प्रणालीमा साइबर हमला गरेर काम गर्न नसकिने बनाउनेछ भन्ने अनुमान गरिएको थियो। तर त्यस्तो भएन। युक्रेनले आफूले गुमाएकासहित तमाम ठाउँमा प्रभावकारी समन्वय गर्न सकिरहेको छ।किएभमा रहेको युक्रेनी सरकारका गतिविधि आममानिसले दिनदिनै देखिइरहेका छन्। राष्ट्रपति जेलेन्स्की र अरू अधिकारीहरू टिसर्ट लगाएर राष्ट्रलाई सम्बोधन गरिरहेका छन्। के भइरहेको छ भनिरहेका छन्।उता रूसी सैनिकमा भने एकीकृत नेतृत्व देखिँदैन। विभिन्न ठाउँमा खटिएका सैनिकहरूबीच पनि समन्वयको अभाव देखिन्छ। यसले उनीहरूको हौसला खस्किएको छ। रूसी सेनामा तल्लो तहका सैनिक अधिकारीहरूलाई आफैं निर्णय लिन उप्रेरित गरिँदैन। सबै ठाउँमा उच्च सैनिक अधिकारीकै निर्देशन कुर्नुपर्छ।उच्च सैनिक अधिकारी आफैं फ्रन्टलाइनमा खटिएकै कारण अहिलेसम्म ६ जना रूसी सैनिक जनरल मारिएको अनुमान गरिएको छ।

सही रणनीति

प्रभावकारी रणनीति युक्रेनी सुरक्षाकर्मीहरूले यो युद्धमा अपनाएको रणनीति पनि सही छ।रूसीहरूले हतियार र सैनिकहरू जम्मा पार्ने र गाडी पनि सँगै लिएर बिस्तारै आक्रमण गरिरहँदा युक्रेनीहरूले सानो सानो समूहमा आक्रमण गरिरहेका छन्। उनीहरूले आक्रमण गर्ने र फटाफट हिँडिहाल्ने रणनीति अपनाएका छन्। यसअघि अमेरिका, बेलायत र क्यानडाका सैनिकले युक्रेनी सेनालाई ज्याभलिन मिसाइल कसरी प्रहार गर्नेलगायत तालिम दिएका थिए।युक्रेनीहरूले रूसी सैनिकका कमजोरी पत्ता लगाएर त्यसैमा आक्रमण गर्ने रणनीति पनि अपनाएका छन्। केही समयअघि उनीहरूले किएभतिर बढेको ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको सुरूमा आक्रमण गरेका थिए।बाटो बन्द भएपछि उक्त लावालस्कर अघि बढ्न सकेको थिएन। रूसी आपूर्ति प्रणालीमा पनि युक्रेनीले निशाना बनाउने गरेका छन्।

सूचना प्रवाह

युक्रेनीहरूले प्रभावकारी तरिकाले लडेको भनेको सूचनाको युद्ध पनि हो। यो युद्धमा युक्रेनले संसारभरि आफूले भनेजस्तो न्यारेटिभ निर्माण गर्न सफलता पाएको छ।जबकी रूसले आफ्नो देशभित्र यो आक्रमणलाई युद्ध भन्न पनि दिँदैन। आफ्नो देशमाथि रूसले आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगभग दैनिकजसो देशवासीलाई सम्बोधन गरेका छन्। अमेरिकादेखि इजरायलको संसदमा सम्बोधन गरेका छन्। सामाजिक सञ्जालमा भिडिओहरू राखेका छन्। यसले संसारभरिमा मानिसहरूमा युक्रेनीप्रति सहानुभूति जगाएको छ।युक्रेनले रूसी आक्रमण एक महिनासम्म थेगेको छ। तर उसका लागि खतरा टरिसकेको छैन। विभिन्न सहरमा युक्रेनी सैनिक रूसी सेनाको घेराबन्दीमा पर्ने खतरा छ। अहिलेका कमजोरी चिर्दै युक्रेनमाथि हाबी हुने क्षमता रूसी सैनिकसँग छ।त्यस्तो बेला पश्चिमी मुलुकहरूले दिइरहेको हतियार सहायता पनि रोकिए युक्रेनी सेनालाई रूसी आक्रमण थेग्न मुस्किल हुन सक्छ। (बिबिसीबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध