2026-07-01 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

चैत ११, काठमाडौँ । मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ । टाडा हुन पुगेको अवस्थामा दूरी बढेर ४० करोड २३ लाख किलोमिटरसम्म हुन पुग्छ । नजिक रहेको अवस्थामा यात्रा गर्ने हो भने पनि पृथिवीबासीलाई त्यहाँसम्म पुग्न २६० दिन लाग्ने अनुमान छ । मङ्गलको सतहमा औषत तापक्रम माइनस ६३ डिग्री सेल्सियस पाइएको छ । गुरुत्वाकर्षण चाहिँ पृथिवीको ३८ प्रतिशत रहेको अनुमान गरिएको छ तर पृथिवीभन्दा आधा सानो यस ग्रहको दिनमान भने पृथिवीको जस्तै साँढे २४ घन्टा रहेको हुन्छ । 

सौर्यआँधी लगायत अनेक कारणले मङ्गल ग्रह मानव बस्तीलायक छ भनिहाल्न सकिने अवस्था छैन । तथापि केही सकारात्मक पक्ष भने फेला परेका छन् । यसैका आधारमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०३० को आसपासमा त्यहाँ अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । उता मङ्गलको कक्षमा भूउपग्रह स्थापना गर्न सफलता पाएको संयुक्त अरब इमिरेट्सले भने आगामी सय वर्षभित्र मानववस्ती विकास गर्ने योजना बनाएको छ । यस कार्यमा चीन पनि जोडतोडले लागिपर्दै आएको छ । हाल चीनले यसबारे जुन दीर्घकालीन योजना अघि सारेको छ त्यस अनुसार काम हुन सकेमा सन् २०५० सम्ममा १० लाख मानिस त्यहाँ पुगिसकेका हुनेछन् । 

कस्ता हुन्छन् अन्तरिक्षमा जन्मेका मानिस ? 

हाल अन्तरिक्षमा मानवबस्ती विकासका लागि जोडतोडले काम भइरहेको छ । यस सम्बन्धी मानवीय प्रयास सफल होलानहोला आफ्नै स्थानमा छ । सफल भए पनि प्रजननका लागि भने त्यति सहज मानिएको छैन । वैज्ञानिकहरूका अनुसार प्रजननमा खासै समस्या नभए पनि भारहिनताका कारण पृथिवीमा जस्तो त्यहाँ जन्मेका मानिस स्वस्थ र सामान्य चाहिँ हुने छैनन् । गुरुत्वाकर्षणको प्रभाव नपर्ने भएकाले त्यहाँ जन्मने बच्चालाई शारीरिक विकास हुन गाह्रो पर्नेछ, जसले गर्दा त्यहाँ जन्मने बालकमा खुट्टा सानो हुने, दृष्टि कमजोर हुने, आँखा सुन्निने र मांसपेशी कमजोर हुने जस्ता समस्या देखिने छन् । दृष्टि सन्तुलनमा राख्न मुख्य योगदान गर्ने कर्ण प्रणालीले राम्रोसँग काम गर्न नसक्ने हुँदा भ्रान्तिको शिकार हुनुपर्ने सम्भावना अधिक देखिन्छ । सोभियतसङ्घले सन् १९८३ मा अन्तरिक्षमा पठाएको गर्भिणी मुसाबाट जन्मेको बच्चाको आधारमा वैज्ञानिकहरूले यस्तो निस्कर्ष निकाले हुन् । 

पृथ्वीले घुम्न छाडेमा के होला ?

कदाचित् पृथिवीले घुम्न छाडेमा त्यसपछिको अवस्था कस्तो होला भन्नेबारे डर लाग्दो तथ्य बाहिर आएको छ । वैज्ञानिकहरूका अनुसार पृथिवीले घुम्न छाड्यो भने धु्रवबाहेक पृथिवीमा सबै कुरा त्यसैगरी घुम्नेछन्, जसरी हाल घुम्दै आएका छन् । यतिबेला भूमध्य रेखामा हुनेहरूको शरीर पूर्वतिर ४६५ मिटर प्रति सेकेन्डको दरले हुत्तिनेछन् । जीवन धु्रवविन्दुमा मात्र सम्भव हुनेछ त्यो पनि केही सेकेन्डका लागि मात्र । पृथिवीमा भयङ्कर सुनामी उत्पन्न भएर पानीको गति धु्रवतिर सोझिनेछ । पृथिवीको आधाभाग सूर्यको दिशामा फर्कने भएकाले त्यहाँको तापक्रम बढ्नेछ भने आधा भाग चिसोले जम्नेछ । परमाणु बमको सकवेब भन्दा पनि जोरले हावा चलेर पृथिवीमा आगोको लप्का फैलिनेछ । पृथिवीको केन्द्रमा रहेको तरल फलामले समेत काम गर्न छाड्नेछ र पृथिवीलाई सुरक्षा दिने चुम्बकीय कवच समाप्त भई सूर्यका हानिकारक किरण सोझै पृथिवीको सतहसम्म आइपुग्नेछ ।   

 पृथ्वीको टुप्पो

आजको युग विज्ञान र प्रविधिको युग हो । वैज्ञानिकहरूले बरोबर अनेक खाले प्राकृतिक रहश्य पत्ता लगाएर संसारलाई आश्चर्यचकित गराउँदै आएका छन् । यस्तैमा एक पृथिवीको टुप्पो पनि पर्छ । उनीहरूका अनुसार पृथिवीको टुप्पो अर्थात् पृथिवीको मानिस बस्नलायक स्थानबाट सबैभन्दा टाडा रहेको स्थानलाई प्वाइन्ट निमो भनिन्छ । यस स्थानबाट पृथिवीको बसोबासयोग्य स्थानभन्दा अन्तरिक्ष यात्री नजिक पर्ने गर्छन् । प्वाइन्ट निमोबाट बसोबासयोग्य क्षेत्र दुई हजार ६८७ किलोमिटर टाडा पर्छ भने अन्तरिक्षमा बसेर पृथिवीको परिक्रमा गरिरहेका अन्तरिक्ष यात्री प्वाइन्ट जम्माजम्मी ३१५ किलोमिटर टाडा पर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध