2026-07-01 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष सुरेशचन्द्र रिजालसँग राय लिइयो

चैत ११, काठमाडौँ । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ । 

शपथ ग्रहण मूल समारोह समितिका पदाधिकारीले भारत र नेपालका ज्योतिषसँग राय लिएर दुवै देशबाट हुने उपयुक्त समय जुराएर शपथ ग्रहणको समय निर्धारण गरिएको हो । 

योगी आदित्य नाथको शपथ ग्रहणको मुहूर्त ज्योतिषीय र वास्तुअनुसार मिलाइएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । 

आदित्य नाथको शपथ ग्रहण मूल समारोह समितिले महासचिव रिजालसँग पनि राय लिएको थियो । एक साताअघि समितिका व्यक्तिले आफूसँग भैरहवामा भेटेर आदित्य नाथको शपथ ग्रहणका सम्बन्धमा राय लिएको उनले न्युज कारखानालाई जानकारी दिए ।

आदित्य नाथ योगी सम्प्रदाय भएकाले यस सम्प्रदायका व्यक्ति शपथ लिँदा अपनाउनु पर्ने विषयमा आफूसँग समितिका व्यक्तिले राय लिएको ज्योतिष रिजालले बताए । 

‘योगी आदित्य नाथको शपथ ग्रहणको विषयलाई एक साताअघि भैरहवामा समितिका व्यक्तिहरू र मबीच छलफल भएको थियो,’ उनले भने, ‘आदित्य नाथ योगी सम्प्रदायका हुन् । यो सम्प्रदायका व्यक्तिले शपथ लिँदा अपनाउनुपर्ने र नेपालबाट हेर्दा कुन समयमा शपथ लिँदा राम्रो हुन्छ भन्ने विषयमा मसँग राय लिइएको थियो ।’ 

साथै गत मंगलबार पनि समितिका व्यक्तिले ज्योतिष रिजाललाई फोन गरेर थप राय लिएका थिए । ‘गत मंगलबार मलाई समितिका व्यक्तिले फोन गरेर थप राय लिनु भएको थियो,’ उनले  जानकारी दिए । 

उनका अनुसार उनले दिएको रायअनुसार नै योगी आदित्य नाथको शपथ ग्रहणको समय शुक्रबार अपरान्ह साढे ४ बजे तय गरिएको छ । उनको रायमात्र लिएको बताएका ज्योतिष रिजालले भारतका प्रख्यात र विद्वान ज्योतिषले दिएको समयलाई नै शपथ ग्रहणको समय तोकिएको जानकारी दिए । 

लखनउको इकाना स्टेडियममा योगी आदित्य नाथले उत्तर प्रदेश मुख्यमन्त्रीको दोस्रो कार्यकालको शपथ ग्रहण लिँदैछन् । शपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । साथै विभिन्न प्रदेशका मुख्यमन्त्रीलाई पनि डाकिएको छ । 

शपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरू सिंगारिएको छ । शपथ ग्रहण कार्यक्रममा करिब ७० हजारभन्दा बढी मानिसहरु भेला हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध