ग्ल्यामरस डा. भनेरसमेत चिनिने मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ग्ल्यामरस डा. भनेरसमेत चिनिने मा"/>
2026-09-29 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी राष्ट्रपतिकी छोरी मारियाको सम्बन्धविच्छेद, डच व्यापारीसँग भएको थियो विवाह

चैत ११, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया वोरन्तसोवा (३६) को विवाह टुटेको डेली मेललेजानकारी दिएको छ । यो खबर त्यतिबेला आएको हो जब पुटिन युक्रेनसँग युद्धको विषयमा लगातार चर्चामा छाइरहेका छन् ।

ग्ल्यामरस डा. भनेरसमेत चिनिने मारिया, रसियाली राष्ट्रपति जासुसको रुपमा काम गरिरहेका बेला जन्मिएकी थिइन् । उनी बालबालिकामा हुने दुर्लभ आनुवंशिक रोगकी विशेषज्ञ हुन् ।

जानकारीका अनुसार मारियाले आफ्ना डच व्यापारी श्रीमानसँग सम्बन्धविच्छेद भएको छ । यी दुईका दुई सन्तान छन् ।

निर्वासित रुसी खोज पत्रकार सर्गेई कानेभले युक्रेनसँगको युद्धका कारण पुटिनले ‘आफ्नी जेठी छोरीको लागि असाध्यै खराब काम गरे’ भनेका छन् ।

उनले खुलासा गर्दै भने, ‘सेन्ट पीटर्सबर्ग नजिकैको अत्याधुनिक मेडिकल सेन्टर निर्माणको मेगा–प्रोजेक्टमा उनको अत्यधिक सेयर छ ।’

‘उक्त योजनाको उद्देश्य भनेको युरोप र पर्सियन गल्फ देशका धनाढ्य शिखलाई आकर्षित गर्नु थियो र अहिले, युक्रेनमाथिको आक्रमणपश्चात् कस्ता खालका युरोपियन र सिख आउलान् त ?’

क्रेमलिनमा हुने गरेको भ्रष्टाचार सम्बन्धि सामग्री प्रकाशन गरेपछि प्रतिबन्धित भएको द इन्साइडरका निर्वासित सम्पादक रोमन दोब्रोखोतोभले पनि आफ्नो सोसल मिडियामा पुटिनकी छोरी आफ्ना डच व्यापारी श्रीमान् जोरिट फासेनसँग छुट्टिइसकेको जानकारी दिए ।

उनले यी दुईको कहिले सम्बन्धविच्छेद भयो भनेर थप जानकारी भने दिएनन् । यद्यपि, युद्ध सुरु हुन अघि यी दुई छुट्टिएको बताइन्छ ।पुटिनले कहिल्यै पनि आफ्ना सन्तान र उनीहरुको नीजि जीवनबारे कुनै पनि जानकारी सार्वजनिक गर्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै