2026-09-29 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी हमला रणनीतिक रुपमा बिफलः बाइडेन

चैत १३, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ । 

युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन दबाब दिँदै एउटा ज्वलन्त भाषणमा राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘भगवानका लागि यो मान्छे शक्तिमा रहन सक्दैन ।’

राष्ट्रपति बाइडेनको भनाईको विरोध गर्दै क्रेमलिनले अमेरिकाका बारेमा टिप्पणी गर्ने अधिकार नभएको रुसले जनाएको छ । ‘त्यसबारे निर्णय गर्ने अधिकार बाइडेनलाई छैन् । रुसका राष्ट्रपतिलाई रुसी जनताले निर्वाचित गर्छन्’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्ससँग भने । 

रुसको प्रतिकृयापछि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइटहाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनले रुसमा शासन परिवर्तनका लागि आह्वान नगरेको तर त्यसको अर्थ ‘पुटिनलाई आफ्ना  छिमेकी वा क्षेत्रमा शक्ति प्रयोगका लागि अनुमति दिन नसकिने’ रहेको बताए । रुसी सेनाले पूर्वी सहर खार्किभमा रहेको आणविक अनुसन्धान भट्टीमा गोली चलाएको युक्रेनी संसद्को दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै