2026-09-29 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ- क्यानडा

चैत १३, काठमाडौं । एजेन्सी ।  क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढिरहेको छ ।

क्यानडाका ऊर्जामन्त्रीका अनुसार थुप्रै देश रुसको तेल र ग्यासको विकल्पका लागि मद्दत गर्नका लागि तयार छन् । क्यानडा विश्वको चौथो सबैभन्दा ठूलो तेल उत्पादक देश हो । क्यानडाले आफू अतिरिक्त दुई लाख ब्यारल तेल दिनका लागि प्रतिबद्ध भएको बताएको छ ।प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले बीबीसीसँगको कुराकानीमा क्यानडा एक लाख ब्यारल अतिरिक्त प्राकृतिक ग्यास निर्यात गर्नका लागि तयार भएको बताएका छन् ।

विल्किन्सनले भने, ‘हामीलाई आशा छ कि वर्षको अन्त्यसम्म हामी आफ्नो क्षमतामा तीन लाख ब्यारलसम्म बढाउने छौँ । यद्यपि, रुसमाथि प्रतिबन्धका कारण अर्को महिनादेखि नै तीन लाख ब्यारल तेल र ग्यासको कमी हुनेछ ।’क्यानडाको तेल निर्यातको क्षमता सिमित छ किनभने उसको पाइपलाइनले अहिलेसम्म आफ्नो पूरा क्षमताले काम गरिरहेको छ । यद्यपि, विल्किन्सनका अनुसार अमेरिकामार्फत् तेल पठाउने एउटा विकल्प भने खुला नै छ ।

यस्तै, क्यानडाको सबैभन्दा ठूलो पाइपलाइन कम्पनी एनब्रिजले बीबीसीसँगको कुराकानीमा आफूहरु उत्तरी अमेरिका र युरोपमा ऊर्जा आपूर्ति बढाउनका लागि हर सम्भव कदम उठाउन लागि तयार भएको बताएको छ ।युक्रेनमा युद्धका कारण थुप्रै देशले रुसको ग्यास र तेलमाथि प्रतिबन्ध लगाइदिएको छ । यसैकारण अन्तर्राष्ट्रिय बजारमा तेलको दाम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै