भदौ १४, एजेन्सी | मानव जातिको पूर्वज 'लुसी'को उचाइबाट खसेका कारण निधन भएको वैज्ञानिक तथ्य पत्ता लागेको छ । लुसी नाम दिइएको जीवाश्मको अध्ययनबाट प्राप्त भएको नयाँ प्रमाण अनुसार उनको उचाइबाट खसेका कारण मृत्यु भएको हुनसक्ने वैज्ञानिकले बताएका हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, एजेन्सी | मानव जातिको पूर्वज 'लुसी'को उचाइबाट खसेका कारण निधन भएको वैज्ञानिक तथ्य पत्ता लागेको छ । लुसी नाम दिइएको जीवाश्मको अध्ययनबाट प्राप्त भएको नयाँ प्रमाण अनुसार उनको उचाइबाट खसेका कारण मृत्यु भएको हुनसक्ने वैज्ञानिकले बताएका हुन् । 
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

मानिसको पूर्वज लुसीको अग्लो रुखबाट खसेर मृत्यु

२०७३, १४ भाद्र मंगलवार ०४:३८


भदौ १४, एजेन्सी | मानव जातिको पूर्वज 'लुसी'को उचाइबाट खसेका कारण निधन भएको वैज्ञानिक तथ्य पत्ता लागेको छ । लुसी नाम दिइएको जीवाश्मको अध्ययनबाट प्राप्त भएको नयाँ प्रमाण अनुसार उनको उचाइबाट खसेका कारण मृत्यु भएको हुनसक्ने वैज्ञानिकले बताएका हुन् । 


उनी सम्भवत रुखबाट खसेको हुन सक्ने अनुसन्धानमा संलग्न अमेरिका तथा इथियोपियाका वैज्ञानिकले बताएका छन् । लुसीको हड्डीको सिटी स्क्यानमा अहिले मानिसहरु उचाइबाट खस्दा लाग्ने चोट जस्तै चोट देखिएको छ । ३२ लाख वर्ष पुरोनो मानव मानिएकी लुसीको ४० प्रतिशत कंकाल सन् १९७४ मा इथियोपियाको एफार क्षेत्रमा फेला परेको थियो । 


लुसी झण्डै १.१ मिटर अग्ली रहेको र उनको युवा अवस्थामै निधन भएको वैज्ञानिकको भनाई छ । लुसीको निधन उचाइबाट खसेका कारण भएको निष्कर्ष नेचर जर्नलमा प्रकाशित भएको छ । लुसीले जीवनको केही वर्ष रुखमा बिताएको र त्यही क्रममा उनी रुखबाट खसेको प्रमुख अनुसन्धानकर्ता टेक्सास विश्वविद्यालयका प्राध्यापक जोन काप्पेलम्यानले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग