2026-09-29 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु

चैत १९, नयाँ दिल्ली । एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २१ हजार १२९ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । यो कूल संक्रमितको शून्य दशमलब शून्य ३ प्रतिशत हो । त्यस्तै संक्रमणबाट निको हुने दर ९८ दशलब ७५ प्रतिशत छ । दैनिक संक्रमित दर शून्य दशमलब २२ प्रतिशत छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रनका कारण संक्रमणमा बृद्धि भएपछि सरकारले खोप अभियानलाई तीव्र पार्दै आएको छ ।

यसैबीच, चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना दिनहँु बढेका छन् । कोभिडविरुद्ध शून्य सहनशिलताको नीति लिएको चीनमा संक्रमण फैलिएपछि कडाइ गरिएको छ । कोभिडका कारण मुख्य सहरहरुमा लकडाउन घोषणा गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै