2026-09-29 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

चैत्र २१, न्युयोर्क | क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।

आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । 

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । “यो वास्तवमै दुःखद अवस्था हो,” प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।

केही कुख्यात गोलीकाण्ड

बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ । प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृतिजस्तै बनेको छ । सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन् । हत्याहिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन् । 

सन् २००७ मा भर्जिनियाको एक विद्यालयमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो । सो आक्रमणमा २३ जना घाइते भएका थिए । 

त्यसैगरी, सन् २०१२ मा पनि अमेरिकाको स्यान्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा गरेको हमलामा २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका थिए । 

त्यसैगरी, सन् २०१७ को अक्टोबरमा लास भेगासमा भएको बन्दुक हमलामा ६० जनाको ज्यान गएको थियो । सो गोलीकाण्डमा करिब ५ सयजना घाइते भएका थिए । सो आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा क्रूर र दर्दनाक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै