2026-09-29 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय आविस्कार केन्द्रलाई बेलायतमा एकैदिन २० लाख जुट्यो

चैत्र २७,  बेलायत | राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन  बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनले बेलायतका  विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग, सहकार्य र परियोजना सम्बन्धि छलफल गरिरहेका छन् । 

बेलायतस्थित विभिन्न समुदायसँग अन्तर संवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भइसकेको  छ भने सहयोग जुट्ने क्रम जारी छ ।

बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसँग आयोजित अन्तरक्रियामा १० हजार पाउण्ड सहयोग प्राप्त भएको हो । बिज एजुकेसनले आयोजना गरेको उक्त अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउण्ड प्रदान गरेका हुन् । सोही दिन साँझ बिज एजुकेसन र नेपाली समाज प्रिस्टनले महारानी रेष्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउण्ड संकलन भयो । 

कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउण्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए । यसअघि यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा पुनलाई स्वागत गर्न पाउँदा हर्षित र गौरवान्वित भएको बताए । 

प्राध्यापक ग्राहामले आफ्नो विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हासिल गरेको जनाउँदै आविष्कार केन्द्रसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रष्ट्याउँदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे । 

उनले महावीर पुनको युरोप भ्रमण विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गर्नका लागि भएको जनाउँदै प्रवासको नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरे । हाल बेलायतमा रहेका पुन अप्रिल २८ देखि युरोप भ्रमणमा जानेछन् । युरोप भ्रमणपछि  मे २५ मा बेलायत फर्किएर जुन पहिलो साता उनको  नेपाल फर्किने योजना रहेको संयोजक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै