2026-10-26 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धमा महिलामाथि भएका हिंसाबारे छानविन गर्न राष्ट्रसंघको माग

 चैत्र २९, किभ | राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा  बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् ।

‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । 

युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानविनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतिलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । 

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ ।  न्याय र जवाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ,’ उनले भनिन् । 

युक्रेनी नागरिलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानविन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन् । 

रुसले सोमबार सुरक्षा परिषदका सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् । त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट बन्चित भएको पनि यूनिसेफको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने