2026-09-29 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धमा महिलामाथि भएका हिंसाबारे छानविन गर्न राष्ट्रसंघको माग

 चैत्र २९, किभ | राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा  बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् ।

‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । 

युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानविनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतिलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । 

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ ।  न्याय र जवाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ,’ उनले भनिन् । 

युक्रेनी नागरिलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानविन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन् । 

रुसले सोमबार सुरक्षा परिषदका सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् । त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट बन्चित भएको पनि यूनिसेफको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै