2026-09-29 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनको लडाकु जेटको गस्ती

वैशाख ३, बेइजिङ | चीनको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती भनेको छ ।

चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । सोही कारण दक्षिण चीन सागरमा तटीय क्षेत्र भएका अन्य देशहरूसँग चीन विवादमा तानिएको छ

लडाकु विमानहरूको उपस्थितिलाई चीनको अर्को दृढ कदमको रूपमा हेरिएको छ ।  

पूर्वी चीन सागरमा सेन्काकु टापुहरूलाई लिएर चीनको जापानसँग विवाद छ । जापानले पनि ति टापुमाथि अ‌ाफ्नाे दाबी गर्दै अ‌ाएकाे छ । जापानी भाषामा यिनीहरूलाई दिअयु द्वीप पनि भनिन्छ ।

जे–२० को प्रारम्भिक संस्करणहरू रूसी इन्जिनहरूसँग फिट गरिएको थियो । तर, यी इन्जिनहरू चाँडै चिनियाँ इन्जिनहरूले प्रतिस्थापन गरे जुन घरेलु रूपमा विकसित गरिएको थियो । चीनको पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) सँग २०० जे–२०  लडाकु विमान रहेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै